00:00
04:47
बालक बबुरो दृष्टीको नाम
हुँ म परेको छु पिंजडामा
मकन, हरे शिव, शान्ति र चैन
सपना बिच पनि रति भर छैन
मेरा बान्धव बाबु र आमा
बस्छन् वनका एक कुनामा
को सित पोखुँ मनको ताप?
गर्दै पिजडा बाट बिलाप
♪
आँशु बगाई कहिले रुन्छु
कहिले मुर्दा तुल्य म हुन्छु
कहिले पागल सरि उफ्रन्छु
केवल वनको सुख सम्झन्छु
फलफुल खाइ नित्य रमाई
वनमा फिर्ने बबुरालाई
विधिले पार्यो पिंजडा भित्र
कर्म हरे शिव हुन्छ बिचित्र
♪
कति डुल्दो? कति फिर्दो?
कति देशान्तर डुल्दछु?
दैब हरे किन बालकलाई बन्धन पर्यो व्यर्थ मलाई?
शीतल पहाडी कुन्ज निवासी
भोजन मिठा पलको खास
ति सब हुन कि आज बिनाश?
बाँकी छ एकै मनको त्राश
♪
जागित्री